नेपाल भ्यायुयर्स एसोसिएसन (एनभीए) को आयोजनामा ३ दिने ‘फिक्स्ड एसेट भ्यालुयसन ट्रेनिङ’ (स्थिर सम्पत्ति मूल्यांकन तालिम) शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
लकडाउनपछि लामो समयसम्म रोकिएको तालिम यसअघि माघ २ देखि ४ गतेसम्म भएको थियो । जसअनुसार माघ महिनाको दोस्रो चरणको तालिम माघ १६ गतेदेखि सुरु भएको छ ।
तालिममा देशभरका विभिन्न जिल्लालाई कार्यथलो बनाइ विभिन्न कन्सल्टेन्सी फर्ममा आवद्द १६ जना इन्जिनियरहरुको सहभागीता रहेको छ ।
तालिममा ई. सुशील अमात्य, ई. दिनेश पाठक, ई. सुमन कोइरालाले प्रशिक्षण दिनेछन् ।
साथै, एनभीएका कानुनी सल्लाहकार नारायण कोइरालाले मूल्यांकनकर्ताले बुझ्नुपर्ने कानुनी पाटोबारे प्रशिक्षण दिनेछन् । साथै, नापी नक्सा र मालपोतसम्बन्धी विषयमा समेत प्रशिक्षण दिइने एनभीएका सचिव ई. दिनेश पाठकले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा एनभीएका अध्यक्ष ऋषि कोइरालाले छोटो मन्तब्य राख्दै धितो मूल्यांकन गर्ने एक जना इन्जिनियरले गलत गर्दा ठूलो आर्थिक क्षति हुने र पेशा नै बदनाम हुने अवस्था रहेकाले तालिम दिइएको बताए । तालिममार्फत मूल्यांकनकर्ता इन्जिनियरलाई दक्ष बनाउने आफूहरुको लक्ष्य भएको उनको भनाइ थियो ।
Published by engineerspost
Nepal valuers Association © 2022. All rights reserved.
Website by Brevin Creation