नेपाल भ्यालुयर्स एसोसिएसन जनकपुरधामको आयोजनामा जनकपुर क्षेत्रमा ३ दिने भ्यालुएसन ट्रेनिङ सम्पन्न भएको छ ।माघ ३ देखि ५ गते सम्म आयोजना गरिएको उक्त तालिममा १७ जना मूल्याङ्कनकर्ताहरुको सहभागिता रहेको च्याप्टर अध्यक्ष दीलिप कुमार श्रीवास्तवले बताउनुभयो ।देवेन्द्र कुमार श्रेष्ठ मुख्य प्र्शिक्षक रहनुभएको उक्त प्रशिक्षण कार्यक्रममा अधिवक्ता नारायण कोइराला, नापी कार्यालयका टंक दाहाल, दिनेश कुमार पाठक लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम समापनको अवसरमा प्रमुख अतिथिकाे रुपमा नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक हिम प्रसाद न्यौपाने उपस्थित हुनुभएको थियो । विशेष अतिथिको रुपमा नेपाल भ्यालुएर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ई.ऋषि कोइराला उपस्थित हुनुभएको थियो । अन्य अतिथिहरुमा सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर खड्का, जानकी फाइनान्सकी प्रमुख कार्यकारी अधिकृत रजनी सिंह लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रदेश प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिले धितो मूल्यांकन गर्दा अन्तराष्ट्रिय पद्धति अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो भने विशिष्ट अतिथिले सोहीबमोजिम आफूहरुले मूल्यांकनमा एकरुपता ल्याउने गरी निरन्तर रुपमा पहल गरिरहेको बताउनुभयो ।
Published on setoghar.com
Nepal valuers Association © 2022. All rights reserved.
Website by Brevin Creation