धितो मूल्याङ्कन क्षेत्रममा संलग्न इन्जिनियरहरुको छाता सङ्गठन नेपाल भ्यालुअर्स एसोसिएसनको आयोजनामा जनशक्तिको क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने प्रशिक्षण सम्पन्न भएको छ । अन्तरक्रियामूलक रुपमा सञ्चालन गरिएको उक्त प्रशिक्षण काठमाडौंमा आयोजना गरिएको हो । प्रशिक्षणबाट १७ जना सहभागिहरु लाभान्वित भएका छन् ।
साउन १० बाट १२ गते सम्म सञ्चालन गरिएको उक्त तालिमबाट सम्पत्तिको धितो मूल्याङ्कनको क्रममा व्यवसायीहरुले व्यहोर्दै आएका विभिन्न समस्याहरुका उपयुक्त समाधान पाएका छन् । साथै यसबाट मूल्याङ्कन प्रणालीमा एकरुपता ल्याउन र व्यवसायलाई थप व्यवस्थित गर्न सहज हुने उद्धेश्य समेत राखिएको छ ।
खासगरी तालिम मूल्याङ्नमा प्रचलित विधिहरुको जानकारी एवं अभ्यास, आधुनिक विकसित प्रविधिको अवस्था र प्रयोग एवं जटिलता, राज्यका नीति एवं कानुनी प्रक्रिया, नेपालमा मूल्याङ्कन क्षेत्रको अवस्था, सम्भावना एवं चुनौती, कानुनी प्रक्रियाहरु र व्यवसायीले अपनाउनुपर्ने सतर्कता लगायतका विषयमा केन्द्रित रहेको नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ऋषि कोइरालाले बताउनुभयो ।
यस तालिमको प्रभावकारिता निकै नै महत्वपूर्ण सावित भएको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरी व्यावसायिक एकता एवं व्यावसायिकताहरुको लागि यी र यस्ता अन्य थुुुप्रै कार्यक्रमहरु सञ्चालन गरिने एसोसिएसनका सचिव दिनेश पाठकले बताउनुभयो ।
हाल सञ्चालित प्रशिक्षणमा प्रशिक्षकको रुपमा ई. देवेन्द्र कुमार श्रेष्ठ,अधिवक्ता नारायण प्रसाद कोइराला, ई. शुशिल अमात्य, ई अन्जनी श्रेष्ठ, गुठी संस्थान ललितपुरका शैलेन्द्र पौडेल लगायतले प्रशिक्षण गराउनुभएको थियो ।
पछिल्लो समय मूल्याङ्कन क्षेत्रलाई मर्यादित, व्यवस्थित र पारदर्शि बनाउँदै व्यावसायिक विस्तारको लागि काम गर्न व्यवसायीहरु आफैं जागरुक बन्दै गइरहेका र यसको निम्ति नेपाल भ्याुलयर्स एसोसिएसनको भूमिका निकै महत्ववपूर्ण बन्दै गएको छ ।
कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष लक्ष्मण बाबु सेढाईंले गर्नुभएको थियो ।
Published on www.setoghar.com
Nepal valuers Association © 2022. All rights reserved.
Website by Brevin Creation