आफूहरुले पटक–पटक सम्झौता कार्यान्वयनको लागि बैंकलाई आग्रह गर्दा पनि बैंकबाट सम्झौता कार्यान्वयन नगरिएको बताउँदै संघका अध्यक्ष ई. ऋषि कोइरालाले आफूहरु बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए ।
सेतोघर डट कम सँगको कुराकानीमा आफूहरुले संघको तर्फबाट पटक–पटक सम्झौता कार्यान्वयनको लागि लिखित रुपमा समेत आग्रह गरेको समेत उनले बताए ।
बैंकलाई सम्झौता कार्यान्वयनको निम्ति १५ दिनको मिति सहित भदौ १० गते संघले अन्तिम सचेतनापत्र पठाएको छ ।
१५ दिनमा पनि पहिलेको सम्झौता कार्यान्वयनमा नआए २५ गतेबाट विभिन्न सङ्घर्षका कार्यक्रमहरु तय गरिएको संघका संघर्ष समिति संयोजक ई. लक्ष्मण बाबु सेढाईले बताए । संघर्ष कार्यक्रम अन्तरगत २५ गते देखि नबिल बैंकका सबै मूल्यांकन कार्य बन्द गर्ने, २६ गते बाट नबिल बैंकमा देशभर व्यापक दबाबमूलक धर्ना दिने साथै आफ्ना मागहरु सम्बोधनको लागि कुनै चासो नदेखाए ३१ गते बाट थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने योजना सहित संघले आफ्ना गतिविधिहरु अघी बढाएको छ ।
Published on setoghar.com
Nepal valuers Association © 2022. All rights reserved.
Website by Brevin Creation