नेपाल भ्यालुयर्स एसोसिएसन (पोखरा च्याप्टर)को आयोजनामा पुष २५ देखि स्थिर सम्पत्ति मूल्यांकन सम्बन्धी ३ दिने प्रशिक्षण शुरुवात भएको छ । मेलामा २८ सहभागि रहेको पोखरा च्याप्टरका अध्यक्ष राजेन्द्र प्राजुले बताए ।

प्रशिक्षण पोखराको कुटी रिसोर्ट एण्ड स्पामा सञ्चालन भइरहेको छ ।

प्रशिक्षकहरु ई. देवेन्द्र श्रेष्ठ, ई. दिनेश कुमार पाठक,  ई. शुशिल अमात्य र ई. बाबुराम बरालले सञ्चालन गर्ने उक्त प्रशिक्षणमा पोखराको अलावा मुग्लिन, वेनी, दमौली लगायत क्षेत्रमा मूल्यांकन कार्यमा संलग्न मूल्यांकनकर्ताहरुको संलग्नता    छ ।

कार्यक्रममा पाेखरा च्याप्टरका सचिव सुरेन्द्र बहादुर गाेदारले भ्यालुएसन पेशालाइ थप मर्यादित बनाउन याे तालिम निकै प्रभावकारी हुने बताउँदै पाेखरा क्षेत्रमा दाेस्राे सेसन समेत सञ्चालन हुन सक्नु अाफै‌मा महत्वपूर्ण उपलब्धि रहेकाे  बताए ।

कार्यक्रममा स‌ंघका केन्द्रीय सचिव दिनेश कुमार पाठकले देशैभरका मुल्याङ्कनकर्तालाइ सबल र सक्षम बनाउँदै लैजाने याेजना बमाेजिम अघी बढेकाे याे अभियानले छाेटाे अवधिमा नै राम्राे फड्काे मार्न सफल भएकाे सेताेघर डट कमसँगकाे कुराकानीमा बताएका छन् ।

Published on setoghar.com