काठमाडौंको युनियन हाउसमा फिक्स्ड एसेट भेलुएसन टे«निङ सम्पन्न भएको छ ।
नेपाल भ्यालुयर्स एसोसिएसनको आयोजनामा पौष ५ देखि ७ गते सम्म ३ दिन सञ्चालन भएको उक्त तालिममा मूल्याङ्कन क्षेत्रमा संलग्न २१ जना प्र्रशिक्षार्थीहरु सहभागि थिए ।
नेपालमा मूल्याङ्कन क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजाने योजना बमोजिम तालिम आयोजना तथा क्षमता विस्तारलाई नेपाल भ्यालुयर्स एसोसिएसनले पछिल्लो समय विशेष चासोको साथ सञ्चालन गर्दै आइरहेको छ ।
यस पटक आयोजना गरिएको प्रशिक्षण प्रशिक्षक देवेन्द्र कुमार श्रेष्ठ, दिनेश कुमार पाठक र शुशिल अमात्यबाट सञ्चालन गरिएको थियो ।
व्यावसायिक एकरुपता र स्पष्ट व्यवस्था सहित कसरी विभिन्न प्रोजेक्टहरुको मूल्यांकन गर्ने भन्ने बारे विगतमा सञ्चालन गरिएका तालिमहरु निकै नै प्रभावकारी रहेको र त्यसलाई अझ विस्तार गर्दै लैजाने योजना बमोजिम यो तालिम सञ्चालन गरिएको संघका अध्यक्ष ऋषि कोइरालाले बताउनुभयो ।
प्रशिक्षक देवेन्द्र श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै प्रशिक्षार्थीहरुलाई उक्त प्रमाणपत्र तालिममा सहभागि भएको कारणले उपलब्ध गराइएको प्रमाणपत्र भएको तर आफूहरुले वास्तवमा नै प्रशिक्षार्थीहरु सफल भएको हेर्न चाहेको बताउँदै प्रशिक्षार्थीहरुलाई थप प्रोत्साहित गर्नुभयो । त्यो सफलता तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सकेको खण्डमा मात्रै प्राप्त हुने बताउँदै साथै मूल्याङ्कनको निम्ति प्रचलित विधिहरुलाई सहज तवरले अपनाउन सकिने बताउँदै कुनै अस्पष्टता भए आफू जुनसुकै बेला पनि सहयोग गर्न तत्पर रहेको समेत बताउनुभयो ।
संघका सचिव दिनेश कुमार पाठकले सेतोघर डट कमसँगको संक्षिप्त कुराकानीको क्रममा यस किसिमका तालिमहरु संघ मातहत आवश्यकता र औचित्यता बमोजिम देशका विभिन्न ठाउँमा सञ्चालन गरिरहेको बताउँदै यस कार्यमा सहयोग गर्नुहुने सबै सरोकारवाला निकायहरुलाई विशेष कृतज्ञता समेत व्यक्त गर्नुभयो ।
Published on setoghar.com
Nepal valuers Association © 2022. All rights reserved.
Website by Brevin Creation