नेपाल भ्यालुयर्स एसोसिएसन र नेपाल बैंकर्स एसोसिएसन बीच भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल भ्यालुयर्स एसोसिएसनले सम्झौता कार्यान्वयन नगरेका बैंकहरुमा विरोधका कार्यक्रमहरु आयोजना गर्न लागेको जानकारी प्राप्त भएको छ ।
मंसिर १ गते एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै आफूहरुले पटकपटक सहमति पत्रमा भएबमोजिमका व्यवस्थाहरु कार्यान्वयनको लागि विशेष आग्रह गर्दै आएका भएपनि सबै बैंकहरुमा ती सहमति लागु नभएको कारण लागु गर्नको लागि थप १ महिनाको म्याद समेत तोकेको छ ।
१ महिना सम्म पनि सम्झौता कार्यान्वयन नभए पुष १ बाट सम्बन्धित बैंकका मूल्यांकन कार्यहरु बन्द गर्ने र पुष १५ गते सम्म पनि बैंक सम्झौता मान्न तयार नभए थप विरोधका सशक्त कार्यक्रमहरु सार्वजनिक गर्ने आफूहरुको योजना गरेको संघले बताएको छ ।
सोही बमोजिम विरोध एवं आन्दोलनका कार्यक्रमहरु अघी बढाउन संघर्ष समिति गठन गरिएको छ । यस समितिको संयोजकको जिम्मेवारी ई. सञ्जय महतोलाई दिइएको छ ।
संयोजक महतोका अनुसार अहिले अधिकांश बैंकहरुले सहमति पालना गरिसकेका भएपनि एनआइसि एसिया बैंक र एसविआई बैंक लगायतमा भने अहिले सम्म पनि सम्झौता कार्यान्वयन हुन सकेको छैन ।
स्मरण रहोस्, मूल्याङ्कर्ता व्यवसायीहरुको हकहित र अधिकारको लागि स्थापना भएको नेपाल भ्यालुयर्स एसोसिएसनले व्यवसायीहरुको हकहितको अलावा यस क्षेत्रलाई व्यवस्थित बनाउनमा समेत विभिन्न पहलहरु गर्दै आएको छ ।
Source: setoghar.com
Nepal valuers Association © 2022. All rights reserved.
Website by Brevin Creation